समाचार

सुनको भाउ निरन्तर उकालो एकैदिनमा तोलाको दुई हजार रुपैयाँले बढे


काठमाण्डौँ — सुनको भाउ एक लाख रुपैयाँले नाघेको छ । आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन एक लाख एक हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ ९९ सय हजार ९ सय रुपैयाँ थियो । हिजो शनिवार भएकाले सुनको मूल्य निर्धारण गरिएको थिएन ।

सुनको भाउ अझै बढ्न सक्ने महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । रुस र युक्रेनको युद्धका कारण सुनको भाउ बढेको हो । युद्धविराम भइनसकेको र डलरको भाउ पनि बढेकाले सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ । चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदीको भाउ १४ सय १५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।