मनोरञ्जन

पल शाहलाई थप अनुसन्धान गर्न १२ दिन म्याद थपियो


काठमाडौँ – नाबालिग गायिकालाई जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई थप अनुसन्धान १२ दिनको म्याद थपिएको छ ।

 पल शाह पूर्णविक्रम शाह फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।

यसअघि अदालतले दिएको सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप म्याद लिइने तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

१७ वर्षीया किशोरीले आफू पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।

सोही नाबालिग गायिकाले शाहाविरुद्ध फागुन १५ मा नै नवलपुरमा पनि बलात्कारको जाहेरी दिएकी छन् । नवलपुरमा दिइएको जाहेरीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोटमा शाहले बलात्कार गरेको उल्लेख छ ।