Breaking

सुविधाभोगी नारायणकाजीको प्रचण्डसँग चर्कियो विवाद, केन्द्रीय कमिटीमै ठाकठुक


काठमाडौँ – नेकपा माओवादी केन्द्रभित्र प्रचण्डले पार्टीमा जे चाहन्छन् त्यही हुन्छ । यो विगतदेखि चल्दै आएको माओवादी संस्कार हो । प्रचण्डले चाहे कसैलाई टिका लगाएर ठुलो मान्छे बनाइदिन सक्छन् । प्रचण्डले चाहे आफैँले आफैलाई टिका लगाएर बर्षाै नेतृत्वमा रहीरहन सक्छन् ।

त्यसलाई स्वीकार्नेहरु माओवादीमा रहन्छन्, नत्र चुपचाप आफ्नो बाटो तताउँछन् । यसरी विगतमा माओवादीमा धेरैले बाटो तताएका छन् । त्यो शिलशिला अहिले नारायणकाजी श्रेष्ठसम्म आइपुगेको छ ।
१० बर्षे जुनयुद्धपछि माओवादी शान्तिपूर्ण राजनीतिमा पदार्पण गरेसँगै जस्केलाबाट छिरेका र सबैभन्दा बढी सुविधाभोग गरेका नारायणकाजी श्रेष्ठ अहिले प्रचण्डसँग अन्तरसंघर्ष चर्काइरहेका रहेका छन् ।

२०६५ पछि माओवादीमा समाहित भएका उनी प्रचण्डसँग बाग्रेनिङ गर्ने र सत्ता र सुविधाभोगको मजा उठाउने पात्रका रुपमा माओवादीभित्रै आलोचित छन् । पछिल्लोपटकएमसीसीको मुद्धामा अध्यक्ष प्रचण्डसँग विमति राख्दै पार्टीभित्र श्रेष्ठको संघर्ष चर्किएको छ । पार्टी विपक्षमा उभिएकै बेला प्रचण्डले एमसीसी पास गरेर गम्भीर भूल गरेको आरोपसहित उनी पार्टीबाटै विभाजित हुनेसम्मको छलफल चलाइरहेका छन् । तर यसलाई पार्टी पदाधिकारीका लागि गरिएको बाग्रेनिङका अर्थमा समेत बुझिएको छ ।

पुस ११ देखि १८ सम्म आठौं महाधिवेशन गरेको माओवादी केन्द्रले २ सय ४६ केन्द्रीय सदस्य र अध्यक्ष मात्र चयन गर्यो । महासचिवसहितका महत्वपूर्ण पदाधिकारी चयन बाँकी नै छ । ठिक यसैबेला विमति जाहेर गर्दै गिरिराजमणि पोखरेललाई महासचिवका रुपमा सुनिश्चित गर्न नारायणकाजी समूह असन्तुष्ट बनेको आरोप प्रचण्डनिकट नेताहरुको छ ।

जसले पदाधिकारी व्यवस्थापनमा चुनौति दिएपछि निर्वाचनपछिमात्रै यसलाई टुंगोमा पु¥याउने तयारीप्रचण्डले गरेका छन् । तर पार्टीमा अन्तरसंघर्ष चलिरहँदा श्रेष्ठले माओवादीबाट यसअघि नै अलग्गीएका नेत्रविक्रम चन्द विप्लवसँग वार्ता थालेपछि प्रचण्ड दबाबमा परेका छन् ।

त्यतिमात्रै होइन एमसीसीविरुद्धको मोर्चामा उभिएका अन्य कम्युनिष्ट घटकले समेत नारायणकाजी समूहलाई उच्काएर पार्टी छोड्नका लागि बल पु¥याइरहेका छन् । व्याख्यात्मक घोषणासहितको एमसीसी अनुमोदनले ठूलो राजनीतिक षड्यन्त्र चिरेको प्रचण्डको तर्कसँगैपार्टी छाडेर जानेलाई बाटो खुला रहेको अभिव्यक्तिले नारायणकाजी समूहलाई चोट पु¥याएको हो ।

प्रचण्डले आफ्नो अभिव्यक्तिलाई कमजोरीका रुपमा स्वीकार्दै पार्टीबाट अलग नहुन आग्रह गरेका छन् । एकपटक नारायणकाजी निवासमै पुगेर फकाउने कोशिस गरेका उनले अर्काेपटक आफ्नै निवास बोलाएर वार्ता गरेका थिए । तर पनि नारायणकाजी समूहले अब अन्तिमसम्म अन्तरसंघर्ष गर्ने कि फरक पार्टीको विकल्पमा जाने गृहकार्य चलाइरहेको छ ।

त्यसको पहिलो कदम स्वरुप यो समूहले बिहिबारको केन्द्रीय समिति बैठकमा फरक प्रतिवेदन अघि सारेको छ । आसन्न निर्वाचन मुखमै रहेका बेला माओवादी विभाजनतर्फ उन्मुख बनेको हो ।

यसअघि सम्भावित सहकार्य र समीकरणका लागि प्रचण्डसँग संवाद गरिरहेका अन्य कम्युनिष्ट घटकपनि प्रचण्डसँग टाढिएका मात्रै छैनन्, नारायणकाजीलाई आफ्नै मोर्चामा सामेल बनाउन माओवादी फुटाउने तयारीमा छन् । फलतः नारायणकाजीलाई फकाउने र विप्लवहरुसँग डराउने तहमा प्रचण्डपुगेका छन् ।