देश

पल शाह प्रकरण नाबालिग गायिकालाई सराप्न बन्द गर्नुस् : दीपकराज गिरी


काठमाडौँ – अभिनेता पल शाह प्रकरणमा अहिले मुख खोल्ने कलाकारको संख्या बढ्दो भैरहेको छ । यस्तैमा कलाकार दीपकराज गिरीले पनि मुख खोलेका छन् । उनले पल शाह प्रकरणमा पीडित नाबालिग गायिकालाई सराप्न बन्द गर्न अनुरोध समेत गरेका छन् । गिरीले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै पीडित गायिकाको प्रगतिमा गर्व गर्ने पनि बताएका छन् ।

उनले आज जे भोगिरहेकी छिन् त्यसमा हाम्रो क्षेत्र, हाम्रो संगत र हाम्रो वातावरणको दोष छ, कि छैन’ गिरीले भने ‘ मलाई यहाँ यो दोषी र यो निर्दोष भनेर फैसला गर्नु छैन । त्यो काम मेरो होइन । उनले आज म लेख्छ भनेर सुरु गरेको पोष्टको अत्यमा आफूले केही लेख्दा गाली खाने गरेको र अहिलेको लेखमा पनि गाली आए स्वीकार्न तयार रहेको बताए ।