समाचार

भ्रामक क्याप्सन र भिडियो सार्वजनिक गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी


काठमाडौँ – नेपाल प्रहरीको साइबर ब्यूरोले जथाभाबी क्याप्सन र शीर्षक लेखेर सामाजिक सञ्जालमा भिडियो तथा तस्बिर अपलोड गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्य भइरहको र त्यसलाई समेत बिथोल्ने गरी भ्रामक र झुठा क्याप्सन राखी भिडियो तथा तस्बिर युट्युब र टिकटकमा अपलोड भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

यस्ता खाले भिडियो सामग्रीले समाजमा अफवाह फैलाउने, भ्रम सिर्जना गर्ने, व्यक्तिको गोपनियता हनन गर्ने, पीडितको मानसिक स्वास्थ्यमा असर पर्ने जस्ता नकरात्मक असर पर्छु, जारी विज्ञप्तिमा भनिएको छ ।