राप्रपा

युट्युब तथा टिकटकमा गालीगलौज गरेको भन्दै रेखा थापाले दिइन् प्रहरीमा निवेदन


काठमाडौँ- नायिका रेखा थापाले आफूलाई युट्युब र टिकटकमा गालीगलौज गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छिन् । नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालले भने, तथानाम गाली गरेको भन्दै निवेदन आएको छ । अध्ययन गरिरहेका छौँ । स्रोतका अनुसार विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन् ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत् व्यक्त गरेकी थिइन्। रेखाले सार्वजनिक टिप्पणी गरेपछि युट्युबमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए ।