देश

पल र पलका समर्थकलाइ प्रियंका कार्कीको झटारो


काठमाडौँ – अभिनेत्री प्रियंका कार्कीले समाजमा पीडितले ‘पीडित हुँ’ भन्न पनि ठूलै हिम्मत बोकेर आउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताएकी छन् । पल शाह प्रकरणबारे टिप्पणी गर्दै उनले एक नाबालिगले ‘म पीडित हुँ’ भन्दा उनको चरित्रमाथि नै प्रश्नचिन्ह उठाउने काम सभ्य समाजले गर्नै नसक्ने बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै प्रियंकाले निर्णय गर्न सक्ने उमेर नभएकैले नाबालिग भनिएको र तिनको संरक्षण गर्नु समाजको दायित्व भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘नाबालिगको हकमा, मैले बुझेअनुसार उमेर हदबन्दी १८ वर्ष नेपालमा मात्र होइन, विश्वका सबै देशमा आफ्नो परिवेशअनुसार उमेर नपुगेकाहरुको निर्णय गर्न सक्ने क्षमतालाई ध्यानमा राखेर नै बनाइएको हुन्छ ।

नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको दायित्व पनि हो भन्ने मेरो मान्यता हो । यस्तो अवस्थामा नाबालिगले ‘म पीडित हुँ’ भन्दा उनको चरित्रमाथि नै प्रश्नचिन्ह उठाउनु एउटा जिम्मेवार समाजको काम हुनै सक्दैन ।’ प्रियंकाले कानुनी प्रक्रियाका लागि सबैले सहयोग गर्नुपर्ने भन्दै प्रहरी र न्यायिक निकायलाई निष्पक्ष ढंगले काम गर्न दिनुपर्ने बताएकी छन् ।

यता पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्। युट्युबका धेरै सामग्रीमा पीडितको नाम, फोटो र भिडियो प्रयोग गरिएको छ। प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र ह’ ‘त्या गर्ने प्रवृत्ति हाबी भएको छ । आरोपितको पक्षमा माहोल बनाउन प्रयासरत केही कलाकारको प्रतिनिधित्व गर्दै अभिनेत्री पूजा शर्मा बुधबार दमौली पुगेकी छन्। पलविरुद्ध किटानी जाहेरी परेदेखि नै ‘सफाइ दिन’ उनी सक्रिय छिन् । बालिकाको लुगा न’च्या’तिएकाले कर णी भन्न नमिल्ने उनको सार्वजनिक दाबी छ। ‘खोइ, ती बालिकाको लुगा च्या’ति’एको त देखिएन, पलको स्वभाव पनि त्यस्तो होइन । त्यसलाई कसरी ज’बर्ज’स्ती भन्नेरु’ युट्युबमा भाइरल एउटा भिडियोमा शर्माले भनेकी छन् । उनले आफूले लामो समयदेखि सहकार्य गरेकाले पलले त्यस्तो अ’पराध गर्नै नसक्ने दाबी पनि गर्दै आएकी छन् ।