अर्थनीति

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म दिने आवेदन ?


काठमाडौँ — नेपाल बैंक लिमिटेडले रिक्त रहेको दरबन्दीमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । बैंकले लोक सेवा आयोगको सहमतिअनुसार २०७८र७९ को स्वीकृत दरबन्दीको आधारमा दरखास्त आह्वान गरेको जनाएको छ ।

बैंकले सहायक प्रबन्धक‚ सहायक र कनिष्ट सहायक पदका लागि दरखास्त माग गरेको छ । ती कर्मचारीहरू केन्द्रीय कार्यालय र प्रदेशअन्तर्गतका शाखाका कार्यालयहरुका लागि माग गरिएको सूचनामा जनाइएको छ ।

दरखास्त फागुन २० देखि चैत १० गतेसम्म अनलाइनमार्फत भर्न सकिने बैंकले जनाएको छ। सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकोले दरखास्त दिन सक्नेछन् । सहायक र कनिष्ठ सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने जनाइएको छ ।