Breaking

शेयर बजारमा अनिष्टको संकेत, नियामक निकायकैै कारण बजारमा विकास भएन


काडमाडौँ – नेपाली सेयर बजारमा सोझा लगानिकर्ता यानिकी ज्ञान कम भएका लागानिकर्ता करिव ९१ प्रतिशत छन् भन्ने गरिन्छ । त्यसको पुष्टी अहिलेको अस्थीर बजारले समेत गरेको छ । बजार घटेको बेला तिनै ९ प्रतिशत लगानिकर्ताले शेयर खरिद गर्छन् भने अरु लागनीकर्ता अझैघट्ने हो कि भन्दै बेच्न तिर लाग्छन् ।

त्यस्तै, तिनै लगानीकर्ता बजार बढेको बेला किन्न तम्सिन्छन् भने बजार बुझेकाले बेच्न थाल्छन् । यस्तै परिस्थीतीको सिर्जना भएको छ यो साता पनि । सेयर बजारमा गिरावट आउनेक्रमले यो साता पनि निरन्तरता पायो । नेप्से सूचक तल झर्नेक्रम नरोकिंदा आम लगानीकर्ता अन्योलमा परेका छन् ।

वित्तीय प्रणालीमा तरलता संकुचन र ब्याजदर वृद्धिले बजारलाई अप्ठेरोमा पारेको अनुमान गरिएको छ । त्यस माथि अस्थीर राजनीति पनि मुख्य कारण मानिएको छ । घटेका बेला लगानीकर्ताहरु थप आत्तिएर बिक्री गर्ने भएकाले पनि सूचक थप दबाबमा परेको देखिन्छ ।

त्यसमाथी सरकार एउटा पार्टीको, अर्थमन्त्री अर्काे पार्टी र गभर्नर अर्को पार्टीको भएकाले सेयर बजारको लागि बन्ने नीति एक हप्ता, एक महिना तथा दिनैपिच्छे परिर्वतन हुने गरेकाले बजारमा समस्या देखिन्छ ।

बजार निरन्तर घट्नेमात्र गर्दैन । तल झरेको बजार फेरि माथि पनि जान्छ । लगातार घट्दा बजारमा सेयर भाउ निकै सस्तो भइसकेको छ । सस्तो भएकाले अब विस्तारै अल्पकालीन कारोबारी र लगानीकर्ता दुवै आकर्षित हुने अनुमान गर्न सकिन्छ । घटेका मूल्यमा सेयर गर्न व्यक्तिगत र संस्थागत दुवैथरी लगानीकर्ता आकर्षित हुने गर्छन् ।

यसैगरी, म्युचुअल फन्डहरुले पनि बजार घट्ने दाउ हेरिरहेका हुन्छन् । यसर्थ, घटेका बेला विस्तारै किन्दै जाँदा बढेका बेला बेच्ने अवसर प्राप्त हुन सक्छ । यसका लागि लगानीकर्ताहरुले सम्बद्ध कम्पनीहरुको इपीएस, पीई रेसियो, नाफा, रिजर्भ लगायतका सूचकमा ध्यान दिनुपर्ने हुन्छ ।

नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भयो । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएका छ । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीवार २ हजार ६६१.४४ विन्दुमा रोकिएको थियो ।

यो साताको बुधबार कारोबारसम्मको कारोबारमा ६३ अंक भन्दा वढीले गिरावट आएर २ हजार ५४७.०४ विन्दुमा खुम्चिएको छ। प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४.३ प्रतिशत गिरावट आएको छ ।