समाचार

थप १०५ मा कोरोना संक्रमण, तीनको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनामा परीक्षण गर्दा एक सय ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यस्तै संक्रमणबाट तीन जनाको ज्यान गएको छ । यस्तै, ३२० जना संक्रमणमुक्त भएका छन् ।