काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता काठमाडौं रेजर्सले मार्की खेलाडी विकेश कुथु र मुख्य प्रशिक्षकको रुपमा बाल गोपाल महर्जनलाई निरन्तरता दिने भएको छ ।
आयोजक काठमाडौं रेजर्सले एनएसएलको दोस्रो संस्करणका लागि मार्कि खेलाडीको रुपमा गोलरक्षक विकेश र मुख्य प्रशिक्षकको रुपमा बाल गोपाललाई नै निरन्तरता दिँदै सार्वजनिक गरेको हो ।
नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजना हुन लागेको दोस्रो संस्करणको फ्रेन्चाइज लिग (एनएसएल) का लागि लागि शुक्रबार अक्सन हुँदैछ । सोही कारण मार्की खेलाडीको टुङ्गो क्लबहरु लागि परेका छन् ।
गत सिजनका सात र थप तीन टोली गरी आसन्न संस्करणमा कुल १० टोलीले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्दैछन् । सोही क्रममा साविक विजेता काठमाडौंले अघिल्लो संस्करणकै मुख्य प्रशिक्षक बालगोपाल महर्जनलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यक्रमपछि बोल्दै प्रशिक्षक बाल गोपाल महर्जनले अघिल्लो संस्करणमा खेलाडीको मिहिनेतले उपाधि उचाल्न सफल भएको र आसन्न संस्करणमा पनि अघिल्लो संस्करणको लयलाई निरन्तरता दिने बाचा गरे ।
चैत २६ गतेदेखि सुरु हुने तयारीमा रहेको एनएसएलमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, सहिज उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लबहरू झापा एफसी, मेची–इलाम र विरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन ।
प्रतिक्रिया