Breaking

चीनले सीमा मिचेको हो भने वार्ता किन नगरेको ? डर लाग्छ भने मलाई पठाउ : डा. भीम रावल


काठमाडौँ- नेकपा एमाले नेता डा. भीमबहादुर रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका गरेका छन् । चीनले सीमा मिचेको हो भने किन वार्ता नगरेको भनेर रावलले प्रश्न गरेका छन् ।

एमाले अछाम काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै रावलले चीनसँग वार्ता गर्न डराएको हो भने आफूलाई प्रतिनिधिका रुपमा पठाउन चुनौती समेत दिएका छन् । कर्णालीमा कांग्रेसका मुख्यमन्त्रीले चीनले सीमा मिचेको भनेका छन् । यदि चीनले सीमा मिचेको हो भने कांग्रेसकै मुख्यमन्त्री छन् । कांग्रेसकै परराष्ट्रमन्त्री छन् सभापति देउवाजी आफैं प्रधानमन्त्री छन् । चीनसँग वार्ता कसले रोक्यो रु नेपाली जनतालाई जवाफ चाहिन्छ,’ उनले भने ।

रावलले थपे, ‘चीनसँग वार्ता गर्न डर लाग्छ भने सरकारले निर्णय गरेर मलाई विशेष प्रतिनिधि बनाएर पठाउनुस् । म गएर कुरा गर्छु । चिनियाँ प्रधानमन्त्रीसँग नेपाली जनताको तर्फबाट वार्ता गर्छु ।’तर वार्ता नगर्ने र सीमा मिच्यो भनेर प्रचारमात्रै गरिरहने हो भने यो भारतीय हस्तक्षेप ढाकछोप गर्ने षडयन्त्र हुने उनको भनाइ छ ।