समाचार

पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला


काठमाडौँ -पोखरीमा डुबेको अवस्थामा गुल्मीमा एक महिलाको शव फेला परेको छ ।जिल्लाको मुसिकोट नगरपालिका ५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी गोपलाचन्द्र भट्टराईले जानकारी दिएका छन् ।

एसपी भट्टराईका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७\ ६८ वर्षीया महिला डुवेको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी महिलाको पहिचाहन हुन बाँकी रहेको प्रहरी उपरिक्षक एसपी भट्टराईले बताए । घटनाबारे थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएका छन् ।