देश

ग्याल्पो लोसार काठमाडौंमा रौनक


काठमाठौँ- नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१४९ औँ ग्याल्पो लोसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर गरी १२ वर्गमा ग्याल्पो लोसारलाई विभाजन गरिएको हुन्छ । लोसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन समेत छ। शेर्पा समुदायले यस पर्वलाई १५ दिन सम्म विशेष महत्व दिएर मनाउने गर्छन्।

यो समुदाय बुद्ध धर्ममा विश्वास राख्ने हुनाले बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्,पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ । ग्याल्पो लोसार पर्वको अवसरमा काठमाडौंको बौद्ध र स्वयम्भू क्षेत्रमा शेर्पा समुदायको बिहानैदेखि भिडभाड देख्न सकिन्छ।