अर्थनीति

शेयर बजारलाई लिएर झोक्किएका अर्थमन्त्री शर्मा


काठमाडौँ – नेपालको शेयर बजार यतीवेला अस्थीर छ । कहिले नियामक निकायको लगाम त कहिले बैंकीङ् क्षेत्रमा देखिएको रकम अभावले बजारमा निरन्तर प्रभाव पारिरहेको छ । त्यस माथि अनाबस्यक हल्लाले पनि बजारमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो बेला मौन बसेको आरोप खेपेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार भने खुलेरै बजारको विषयमा धारणा राखे ।

अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् । बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाएर पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन ।

पुँजीबजार सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको दावी गरे ।

उनले, पछिल्लो समय शेयर बजारमा देखिएका समस्या समाधानको लागि पुँजीबजार नियमनकारी निकायका नेतृत्वको कामकारबाहीले देखिने दावी दावी गरे । साथै अर्थमन्त्रीले शेयर बजारमा सेटिङमा कारोवार हुने गरेको आफुले भेटेको भन्दै, भित्रीकारोवार रोक्न आफु लागि परेको बताए ।

कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए । उनले, पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नु पर्ने बताए । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजीबजार सम्बन्धि ऐन समय सापेक्ष नभएको बताए । उनले, पुँजीबजार सुधारको लागि अहिले भएका नीतिगत व्यवस्थाहरुलाई संशोधन गर्नु पर्ने आवश्यक रहेको दावी गरे । कार्कीले शेयर बजारलाई प्रभावकारी बनाउनको लागि प्राविधिको अध्ययन गर्न नेप्से तयार भएको आश्वासन समेत दिए ।

त्यस्तै अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुस्करले पुँजीबजार आन्तरिक मात्र नभएर अन्तराष्ट्रिय बजारमा प्रभावकारी हुनपर्ने धारणा राखे । उनले, अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी समेत दिए ।

कार्यक्रममा पुँजीबजारलाई नियमनकारी निकायका दुबै प्रमुखले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नू पर्ने जोड दिएका थिए । अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिए भने पुँजीबजार नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउनु पर्ने दावी गरे ।