समाचार

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौँ – सरकारले ग्याल्बो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

फागुन १६ गते सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गृहले जनाएको छ ।