अर्थनीति

सुनको मुल्य प्रतितोला लाखनजिक


काठमाडौँ – नेपाली बजारमा सुनको भाउ दिनप्रतिदिन उकालो लागिरहेको छ ।

बुधबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो ।

त्यस्तै बुधबार चाँदीको भाउ पनि तोलाको ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।