राजनीति

रुस र युक्रेनबीचको युद्ध अझै रोकिएन, राजधानी कब्जा गर्ने योजनामा रुस (भिडियोसहित)


काठमाडौँ — रुस र युक्रेबीचको युद्ध अझै रोकिएन, राजधानी कव्जा गर्ने योजनामा रुस, विश्व समुदायले आर्थिक प्रतिवन्ध लगाउँदा पनि पछि हटेनन् पुटिन । रुसले युक्रेन आक्रमण गर्न अझै छाडेको छैन । विश्व समुदायले रुसलाई आर्थिक प्रतिवन्ध लगाए पनि उ पछि हटेको छैन । बरु थप आक्रमक हुदै राजधानी किभ नै नियन्त्रणमा लिन लागेको छ ।

रुसले युक्रेनमा गोलावारी अझै रोकेको छैन । पाँचलाख भन्दा बढी युक्रेनि नगरिक विस्थापीत भै सकेका छन भने सयौ सर्वसाधरण र वालवलीकाले ज्यान गुमाई सकेका छन । यता, रुस तर्फका पनि हजारौ सैनिकलाई युक्रेनी नागरिक र सेनाले मारेका छन । रुसले युक्रेनमा आक्रमण गरेको एक साता पूग्नै लाग्दा बेलारुसमा दुई पक्ष विचको वार्ता सफल नभए पछि रुस थप आक्रमक बन्दै गोलावारी भयावह बनाईरहेको छ । रुससँगको उच्चस्तरीय वार्तामा युक्रेनले तत्काल युद्धविरामका लागि प्रस्ताव गरेको थियो । वार्ताका क्रममा युक्रेनले युद्धविराम गरी आफ्नो भूमिबाट रुसी सेना फिर्ता हुनुपर्ने माग राखेको थियो । तर, रुसले युक्रेनको माग अश्वीकार गर्दै मिसायल समेतले आक्रमण गर्न थालेको छ ।

युक्रेनको खारकिएभका गभर्नरले रुसी सेना आवासीय इलाकामा मिसाइल बर्साइरहेको बताइरहेका छन् । जिनेभा सम्झौता अनुसार युद्धको बेला यस्तो प्रकारले आवासीय इलाकामा हमला गर्नु युद्ध अपराध मानिएको छ । रुसले पनि यस्तो सम्झौतामा हस्ताक्षर गरेको छ । तर, रुसलाई विश्व समुदयले एक्ल्याउन प्रयास गरे पछि उ थप रिसाएको देखिन्छ । खार्किभमा दर्जनौँ मानिसको ज्यान जानेगरी गरिएका बमबारीलाई युक्रेनका राष्ट्रपतिले युद्ध अपराध भनेका छन् । यतिवेला रुसले, युक्रेनी राजधानी किएभतर्फ बख्तरबन्द गाडीहरू सहित हजारौ सैनिक पठाइरहेको छ । जुन दृश्यले विश्व डरलाग्दो अवस्था शिर्जन गर्न लागेको प्रस्ट संकेत गरेको छ । साथै, सघन जनसङ्ख्या भएका ठाउँहरूमा रुसले मानिसहरूलाई खाना, पानी र अत्यावश्यक आपूर्ति रोक्ने ’मध्ययुगीन तरिका’ अपनाउन थालेको छ । रुसको शक्तिशाली सेनाले केहिदिनमै युक्रेन कब्जा गर्ने आकनल भए पनि छ दिन बितिसक्दा पनि युक्रेन झुकेको छैन ।

बरु, सरकार र सेनालाई सर्वसाधारण नागरिकहरूले पनि बन्दूक उठाएर सहयोग गरिरहेका छन । उनीहरु टोलटोलमा प्रतिकार गर्न तथा अग्रमोर्चामा खटिन थालेका छन् । तर, रुसका हजारौ सेनाकोे लस्कर बिस्तारै राजधानीतर्फ अघि बढ्दै गरेको छ । विस्फोटका आवाज झन् झन् ठूला सुनिन थालेको छ । यता, युक्रेनमाथि रुसी सेनाले हमला गरेपछि पाँच लाखभन्दा बढी सर्वसाधारण मानिसहरुले युक्रेन छोडेका छन् । त्यस्तै रुसी हमलाकै कारण ४० लाख मानिसहरु देश छोड्ने प्रयासमा रहेको युरोपेली युनियनले अनुमान गरेको छ । शरणार्थीसम्बन्धी नीतिलाई लचिलो बनाउदै इयूले आफ्ना सदस्य राष्ट्रहरुले युक्रेनी शरणार्थीहरुलाई खुला हातहरुले स्वागत गर्ने जनाएको छ ।

युद्धका कारण विस्थापित बनेका युक्रेनी शरणार्थीहरु पश्चिमका विभिन्न देशहरु जस्तैः पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हन्गेरी पुगेका छन् । ५ लाखभन्दा बढी युक्रेनीहरु यी देशमा प्रवेश गरेको सोमबार राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार पोल्यान्डले अहिलेसम्म २ लाख ८० हजार शरणार्थी लिएको छ । दैनिक ५० हजार शरणार्थी पोल्यान्ड पुगेको त्यहाँको सरकारले जनाएको छ ।