मनोरञ्जन

शेर्पा म्यूजिक वर्ल्डको आयोजनामा लोसार साँस्कृतिक साँझ हुँदै


काठमाडौँ — महायान बौद्ध धर्मावलम्बीको नयाँ वर्ष ‘२१४९औं छु फो ताग लो ग्याल्पो लोसार’ को अवसरमा साँस्कृतिक साँझ आयोजना गर्ने भएको छ ।

शेर्पा म्यूजिक वर्ल्ड र एभरेष्ट इन्टरनेसनलको आयोजनामा यही फागुन १८ गते कपनस्थित राम नगरपार्टी भन्यू रामहिटीमा लोसार साँस्कृतिक साँझ कार्यक्रम आयोजना गर्न लागिएको शेर्पा म्यूजिक वल्र्डका अध्यक्ष कुङगा शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।

यो वर्ष अन्य स्थानमा कार्यक्रम नरहेकाले कोरोना महामारीले अस्तव्यस्त बनाएको मानिसको जीवनशैलीलाई मनोरञ्जन दिलाउने उद्देश्यले शेर्पा म्यूजिक वर्ल्डले लोसार साँस्कृतिक साँझ कार्यक्रम आयोजना गरिएको शेर्पा बताउनुभयो । उहाँका अनुसार लोसार शुभकामना आदान–प्रदान कार्यक्रम, बृहत् साँस्कृतिक कार्यक्रम तथा डिजे सेसनमा नेपालको पहिलो डिजे तेन्जिङ शेर्पा सहभागी हुनुहुनेछ ।

उहाँहरूका साथमा ख्यातिप्राप्त कलाकारहरु ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उत्कृष्ट ८ मा पर्न सफल सोनाम ग्याल्छो शेर्पा, भ्वाइस अफ किड्सका फाइनल लिस्टमा पर्न सफल पासाङ दिकी शेर्पाको प्रस्तुति रहनेछ । साथमा अन्य कलाकारहरु सोनाम शेर्पा (कहानी) , दावा के शेर्पालगायत दर्जनौँ कलाकारहरूको प्रस्तुति रहने शेर्पाले बताउनुभयो ।

फरक समुदायबीच मैत्रीभाव जगाउने र शेर्पा कला संस्कृतिको विविधतालाई प्रवद्र्धन गर्न सांस्कृतिक साँझले टेवा पुग्ने शेर्पाको विश्वास छ ।