राजनीति

शिवको दर्शन गर्न गृहमन्त्री पनि पशुपतिमा


काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँण महाशिवरात्रीको दिन पशुपतिनाथ मन्दिर पुगेका छन् । उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न गएको उनको सचिवालयले जनाएको छ ।

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई मिलाइएको पूजाको प्रवन्ध र सो क्षेत्रको सुरक्षा व्यवस्थाबारेसमेत उनले जानकारी लिएका थिए । पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो छ । देशभरका विभिन्न भागसहित छिमेकी देश भारतका तीर्थयात्री समेत पशुपतिनाथ मन्दिरमा आएका छन् ।