राजनीति

पास भईसक्दा पनि एमसीसी बारे एमालेमा अन्योल कायमै, प्रष्टिकरणको नैतिकता समेत गुमायो


काठमाडौँ – प्रतिपक्षी एमालेको विरोध हुँदाहुदै एमसीसी संसदबाट अनुमोदन भयो । तर देशमा सर्वार्धिक चासो र चर्चामा रहेको विषयमा कांग्रेसले आफ्नो अडान प्रमाणित गर्दा एमालेले भने त्यो अवसर गुमाएको छ । अर्थात प्रमुख प्रतिपक्षी दल नै एमसीसी जस्तो विषयमा अनिर्णयको बन्दी बनेको छ ।

सर्वाधिक चासो चर्चा, आलोचना र विवादका बीच नेपाली कांग्रेसको अडानकै कारण अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास भएको छ । आफ्ना चरम अन्तुष्टिका बावजुत पनि सत्ता घटक नेकपा माओवादी र एकीकृत समाजवादी समेत व्याख्यात्मक घोषणाका आडमा एमसीसीको पक्षमा देखिदाँ प्रमुख प्रतिपक्षी एमाले भने अझै अलमलमै छ ।

कुनै समय एमसीसी नपढेकाहरुले विरोध गरेको बताउने केपी शर्मा ओली निर्णायक समयमा भने न सदनमा देखिए न त सडकमा नै । एमसीसी निणर्यार्थ संसदमा पेश हुँदा डा.भीम रावल लगायतका केहिले व्यक्तिगत रूपमा विरोध गरे पनि एमालेले धारणा नै बनाएन ।

एमसीसीलाई अगाडि बढाउन प्रधानमन्त्री देउवाले प्रयास गर्दा सत्तारूढ गठबन्धनको धारणा सार्वजनिक भएपछि निर्णय गर्ने बताएको एमालेले निर्णयार्थ प्रस्तुत गर्ने बेलासम्म कुनै धारणा सार्वजनिक गरेन ।

एकै दिन दुईओटा संसद चल्दा समेत एमसीसीको विरोधमा एउटै पनि नारा लागेन भने एमाले संसदीय प्रक्रियाबाटै अलग बस्यो । अर्थात प्रमुख प्रतिपक्षी विवादित बनेको एमसीसीबाट पन्छियो अनिर्णयको बन्दी बन्यो । जुन एमालेको गैरजिम्मेबारीको परकाष्टा भएको एमसीसीको विषयमा वोल्दै आएका डा.सूर्यराज आचार्यको भनाई छ ।

बैठकको सुरुमा एमालेका अध्यक्ष ओली आफैं वेलमा थिए । अरू दिन विरलै देखिने ईश्वर पोखरेल र विष्णु पौडेललगायत सांसद पनि पूरै समय वेलमा रहे तर उनीहरूले नारा लगाएनन् । Trump’s tariffs are ‘a bit like Herbert Hoover’s policies on steroids’: Columbia Sportswear EVP legitimate steroids online nuremberg code violations by big pharma एमाले सांसदले संवैधानिक सर्वोच्चता कायम गर’ ‘हाम्रो विरोध जारी छ’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’ जस्ता नारा लगाइरहँदा पूर्वसभामुख तथा ससदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कहिले टेबलमा अडेस लगाएर त कहिले वेलमा उभिएर नारावाजीको अवलोकन गरिरहेका थिए ।

जसको सम्बन्धन एमसीसी पास गर्ने तर, अपजस नलिने एमालेको रणनिति थियो । जनस्तरमा उठेको विरोधलाई हेक्का राख्दै एमसीसीको पक्ष÷विपक्षमा नउभिने तर, एमसीसी पारित गर्न सहजीकरण गर्ने रणनिति अनुसार एमालेले आफ्नो अंकगणितलाई एमसीसी पारित गराउन प्रयोग गरेको गर्यो । यसअघि नै एमालले आफ्नो कित्ता प्रष्ट पार्दिएको भए एमसीसी यसअघि नै वारपारको स्थितीमा पुग्ने विश्लेषका वीच आईतबार पनि एमाले एमसीसीको साक्षी मात्र बस्यो ।

तर एमालेका नेताहरुले भने आफूलाई एमसीसीको प्रक्रियाबाट विमुख बनाइएको प्रतिक्रिया दिएर पन्छिएका छन । आफूहरु लामो समयदेखि कुनै प्रक्रियामा सहभागी नभएका कारण हुन्छ हुन्न भेन्नेमा सामेल हुने अवस्था नभएको बताँउदै उनीहरुले ढोका बन्द गरेर भित्र आउ भनिएको टिप्पणी गरेका छन ।

यसअघि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई गलाउन वाल्कोट मुभ गरेका थिए । जुन समयमा ओलीले समेत एमसीसीको विषयमा कांग्रेससंग एकमत रहेको वोल्न भ्याए । यद्यपी घटनाक्रमले एमाले पनि एमसीसीको पक्षमा रहेको प्रष्ट छ ।

पछिल्लो सयममा समेत देउवाले उनलाई प्रयोग गरे । फलत: एमाले पनि एमसीसी अनुमोदनबाट उसले सोचेजसरी पन्छिन सकेन । अर्कातर्फ निर्णायक समयमा संसदमा मौन बसेपछि एमसीसी विषयमा वोल्ने नैतिकता समेत एमालले गुमाएको छ ।