राजनीति

व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानून अनुसार एमसीसीको अंग बन्ने प्रचण्डको दाबी


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानून अनुसार एमसीसीको अंग बन्ने दाबी गर्नुभएको छ । अन्तर्राष्ट्रिय कानूनका धेरै ज्ञाताहरुसँग सल्लाह गरेपछि भियना अभिसन्धिअनुसार यस्तो व्याख्यात्मक घोषणा कानूनसम्मत हुने निस्कर्षमा आफू पुगेको प्रचण्डले बताउनुभयो ।

प्रचण्डले व्याख्यात्मक टिप्पणीबारे अमेरिकी दूतावासबाट पनि सकारात्मक संकेत आएको दाबी पनि गर्नुभयो । एमसीसीको विरोध गनेवित्तिकै सबै जनताको सहानुभूति पाइने ठानेर पार्टीका केही नेताहरुले यसको विरोध गरिरहेको आरोप पनि प्रचण्डले लगाउनुभयो ।