राजनीति

नेपाल बन्दको प्रभाव न्यून


काठमाडौँ – नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो ।

उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खुलेको छ ।

एमसीसीको विरोधमा भएको नेपाल बन्दका क्रममा ठाउँठाउँमा शंकास्पद बस्तु फेला परेका थिए । यद्दपि नेपालभर बन्दको प्रभाव न्यून देखिएको छ ।