राजनीति

भीम रावल र गगन थापाको एमसीसी दोहोरी (भिडियोसहित)


काठमाडौँ – एमसीसीका विषयमा सत्तापक्षदेखि प्रतिपक्ष दल आफ्नै बोली र व्यवहारले जनतासामु नाङगिएका छन् । जसले सडकदेखि सदनसम्म अनेक प्रश्न उठेको छन् ।

प्रचण्ड–माधवले ब्याख्यात्मक शैलीमा एमसीसी अनुमोदन गर्न सहमति जनाएपछि उनैले सडकमा उतारेर बाघ झैँ गर्जिएका र अन्तिममा ‘बलिको बोका’ बनेर उहीँ ब्याख्यात्मक शैलीमै‘म्याउँ’ गर्दै सडकबाट निस्किएका उदण्ड कार्यकर्ताअहिले लज्जित भएर घर फर्किनु परेको छ । तर उनीहरुले निम्त्याएको अराजकता र राज्यका सम्पत्तिमाथि मच्चाएको वितण्डाको हिसावकिताव कसैले गरेको छैन । उनीहरुको अत्याचार यतिसम्म थियो कि, साना स्कुले बालबालिकालाई सडकमा ल्याएर उदण्ड मच्चाइरहेका थिए ।