समाचार

भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु


काठमाडौँ — दाङमा पिकअपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर–घोराही सडक खण्डमा पर्ने तुलसीपुर १७ फोर्टीनाइन चोकका गएराति लु १ च ६२८९ नम्बरको पिकअप भ्यानले घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ९०६६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक २४ वर्षीय ताराबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते केसीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ ।