राजनीति

संसद्बाट एमसीसी बहुमतले पारित


काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) संघीय संसद्को प्रतिनिधिसभाबाट बहुमतले परित भएको छ । आइतबार दोस्रोपटक बसेको बैठकले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले समर्थन जनाउने सांसदको बहुमत रहेकोले एमसीसी सम्झौता बहुमतले पारित भएको घोषणा गरे । त्यसअघि मन्त्रिपरिषद्ले एमसीसीको व्याख्यात्मक पारित गरेको प्रस्तावसहित एमसीसी सम्झौता सदनमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका थिए ।