राजनीति

भीम रावलजी वहश कहाँ गर्ने ? अछाममा की काठमाडौँमा ? सडकमा की सदनमा ?


काठमाडौँ – सत्तारूढ नेपाली कांग्रेसका सांसद गगन थापाले एमाले सांसद् भीम रावललाई लक्षित गर्दै उनले एमसीसी बारे सडकमा बहस गर्ने कि सदनमा, अछाममा गर्ने कि काठमाडौंमा गर्ने बहस गर्न आफू तयार रहेको बताए ।

साथै, थापाले एमसीसी सम्झौता पारित भएपछि राष्ट्रघात भए चारपाटा मोडेर थानकोट कट्न आफू तयार भएको बताएका छन् । उनले राष्ट्रघात भए सम्पत्ति जफत गर्न र नागरिकता खोसे हुनेसमेत बताए ।