काठमाडौँ – नेपालका सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसायलाई सरकारी मान्यताको रुपमा चलाउनको लागि स्पष्ट कानून नहुँदा समस्या परेको बताएका छन् ।
१०० अर्ब भन्दा बढी लगानी भएर प्रत्यक्ष रुपमा २ लाख भन्दा बढी नागरिकलाई रोजगारी र राज्यलाई वार्षिक १३ अर्ब भन्दा बढी राजश्व बुझाउने क्षेत्र भए पनि यो व्यवसायलाई राज्यले उचित ध्यान नदिदा ब्याबसायमा विकृति पनि भित्रिन थालेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायलाई सरकारी मान्यताको रुपमा चलाउनको लागि अहिलेसम्म स्पष्ट कानून नभएको बताउनु भयो । उहाँले व्यवसायीले विगत लामो समय देखि कानून बनाउन माग गर्दै आए पनि सरकारले सुनुवाइ नगरेको गुनासो गर्नु भयो ।
त्यस्तै अध्यक्ष शाक्यले सुनचाँदी आयातमा सहज बनाएर सुनचाँदी तथा पत्थरहरुको गहना बनाएर विदेशमा निर्यात गर्न सके मुलुकको व्यापार घाटा कम गर्ने बताउनु भयो ।
प्रतिक्रिया