समाचार

स्वास्थ्य बिग्रिएकाले प्रहरीसामु जान ढिला भयो : पल शाह


काठमाडौँ — अभिनेता एवम् मोडल पल शाहले आफ्नो स्वास्थ्यमा समस्या आएकाले प्रहरीसामु उपस्थित हुन ढिलाइ भएको बताएका छन् ।

आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित हुनुअघि उनले यस्तो बताएका हुन् । नाबालिग गायिकामाथि जबरजस्ती करणी आरोप लागेपछि उनले घर व्यवहार मिलाउँदा र ‘म यस्तो गीत गाउँछु -२’ फिल्मलाई असर नपरोस् भनेर केही ढिला गरी प्रहरीमा उपस्थित भएको उनले बताएका छन् ।

‘मेरो स्वास्थ्यस्थिति बिग्रीएका, घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म’ म यस्तो गित गाउँछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छुु, उनले तनहुँमा पुग्नुअघि भनेका थिए, ‘नेपालको कानुनलाई सम्मान गर्दै आइतबार नेपाल प्रहरीसामु म आफैँ उपस्थित हुने जानकारी दिन चाहन्छु ।’