समाचार

पिके गेलेक दाग्यर्लिङ छोक्पाको अध्यक्षमा फुर्वा गेल्जेन शेर्पा सर्वसम्मत निर्वाचित


काठमाडौँ — पिके गेलेक दाग्यर्लिङ छोक्पा गोलीको पाँचोै अधिवेशनबाट अध्यक्षमा फुर्वा गेल्जेन शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
लोपोन तेन्जिङ शेर्पाको प्रमुख अतिथ्यतमा राजधानीमा शनिबार भएको छोक्पाको १०औँ साधारणसभा तथा ५औँ अधिवेशनबाट फुर्वा गेल्जेन शेर्पाको अध्यक्षतमा २५ सदस्य नयाँ कार्यसमिति चयन भएकोे छोक्पाका सचिव आङछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्षमा पेम्बा याङजी शेर्पा, उपाध्यक्षमा कर्मा साङगे शेर्पा, दावाछिरि शेर्पा र आङ फुर्वा शेर्पा, सचिवमा आङ छिरिङ शेर्पा, सहसचिवमा तेण्डी शेर्पा, कोषाध्यक्षमा छिरिङ शेर्पा, सहकोषाध्यक्ष मिङमार दावा शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा पासाङ तेम्बा शेर्पा, पेम्बा शेर्पा, मिङमार शेर्पा, पेमल्हमु शेर्पा, तेम्बा शेर्पा, पासाङ शेर्पा, आङङावा शेर्पा, पासाङ शेर्पा, दिकु शेर्पा, पासाङ किपा शेर्पा, मिङमा शेर्पा, रिन्जी शेर्पा, नुरी शेर्पा, याङडु र शेर्पा, साम्देन शेर्पा निर्वाचित हुनुभएको छ ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन लोपोन तेन्जी शेर्पाले गर्नुभएको थियो । पिके गेलेक दाग्र्यलिङ छोक्पा २०६८ सालमा स्थापना भएको हो । पेशा, व्यवसाय वा अध्ययनका लागि सोलुखुम्बुको गोलीदेखि काठमाडौँ आएर बसेका शेर्पा समुदायलाई एकीकृत गर्ने र एक अर्कामा सहयोग गर्ने पवित्र भावना लिएर यो संस्था गठन भएको थियो ।

सस्था स्थापना भएको १० वर्षको अवधिमा गाउँको भाषा, सस्कृति र परम्परालाई समेत जोगाउन र युवापुस्तालाई पनि थप जिम्मेवार बनाउन केही हदसम्म भए पनि सफल र एक प्रकारको सन्तुष्टिसमेत मिलेको पिके गेलेक दाग्र्यलिङ छोक्पाका अध्यक्ष फुर्वा गेल्जेन शेर्पाले बताउनुभयो ।

संस्थाको संस्थापक सदस्य, आजिवन, केन्द्रीय सल्लाहकार तथा पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न अधिवेशनबाट संस्थाको कार्यप्रगति प्रतिवेदन, कोष प्रतिवेदन साथै संस्थाको आगामी योजनाहरू सर्वसम्वतले पारित गरेको छ । कार्यक्रममा हिमाली बौद्धधर्मलम्बीहरूको राष्ट्रिय चाड तथा नयाँ वर्ष छु फो ताग लोे २१४९औँ ग्याल्पो लोसारको शुभकामान आदानप्रदानसमेत भएको संस्थाका सचिव आङछिरिङ शेर्पाले बताउनुभयो ।