Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश–१

प्रदेश-१ प्रदेशसभा बैठक बस्दै, नामकरणबारे छलफल  हुने


काठमाडौँ — प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश सभाको बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताइएको छ । बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन । मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छैन । हरेक प्रदेश सभाले आफ्नो प्रदेशको नाम र राजधानीबारे आफै निर्णय गर्न सक्ने संवैधानिक व्यवस्था छ । तर दल र नेताहरुको आ–आफ्नै अडान र आफू अनुकुल निर्णय गराउने प्रयत्नका कारण नामको बिषय पेचिलो बनेको छ ।

प्रदेश १ मा मुख्यमन्त्री तीन पटक फेरिए पनि नाम राख्ने सकस भने अझै तोडिएको छैन ।