मनोरञ्जन

पल–समीक्षा प्रकरण नेपाली सिने क्षेत्रको यथार्थ(भिडियोसहित)


काठमाडौँ–कलाकार समाजको ऐन हो । कलाकारले समाजको यथार्थ चित्र बोल्दैनन् मात्रै समाजलाई बाटो देखाउने काम पनि गर्छन । तर अहिले कलाकारकै कारण कलाकारितामात्रै होइन, सिंगो समाज नै बद्नाम हुने गतिविधि भइरहेका छन् । पछिल्लोसमय नेपाली कला क्षेत्रमा अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको विवाद चर्चामा छ ।अभिनेता शाहलेपहिले प्रेम, त्यसपछि शारीरिक सम्पर्क हुँदै सम्बन्ध टुक्राउने तहमा पुगेपछि १७ वर्षिया गायिका अधिकारीले नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा मुद्धा हालेकी छन् ।अब यो विषय अदालतमा पुगेको छ भने अहिलेसम्म फरार नै रहेका अभिनेता शाह प्रहरीको मस्ट वाण्टेडजस्तै छन् । तर स्रोतका अनुसार उनी भूमिगत शैलीमै कानुनविज्ञहरुसँग सरसल्लाह र परामर्श लिइरहेको बुझ्न सकिन्छ ।

विषय पल र समीक्षाको हो । यसमा कानुनअनुसार दोषीले सजाय पाउँछनै, तर बेलाबेला नेपाली कलाकारिता क्षेत्रमा तहल्का पिटेर आउने यस्ता काण्डलेकलाकै बद्नाम भइरहेको छ ।नेपालको पहिलो अभिनेत्री हुन् भुवन चन्द । पछिल्लो समय सार्वजनिक पल–समीक्षा प्रकरणले सिनेमा क्षेत्रलाई नै लज्जित बनाएको बताउँछिन् ।जो इमान र आफ्नो पेशाको मर्म बोकेर हिड्न सक्दैन, उनीहरुलाई कलाकार नै नमान्ने उनको भनाइ छ । पल–समीक्षामध्ये कुनै एक दोषी हुन् भने कारबाही हुनुप¥यो । तर मिडियामा उचालेर बद्नाम गराउन नहुने उनी बताउँछिन् । कलाकारिता समाजको ऐना हो ।

समाजको यथार्थ देखाउने र सही बाटोमा डो¥याउने काम पनि कलाकारबाटै हुने भएपछि राष्ट्रको गहना पनि भनियो । तर कहिले निर्माताबाट, कहिले निर्देशकबाट, कहिले अभिनेता त कहिले सहकर्मीबाटैनायिका, गायिकाहरु पीडित बन्ने गरेका छन् । हिजोको सम्मान आजका कलाकारले गुमाएका छन् । सिनेमा क्षेत्रसँग सम्बन्धीत भइरहेका दर्जनौं संघसंस्थाहरु यस्ता विकृती रोक्न न हिजोका दिनमा कुनै कदम चाले, न छताछुल्ल पल समिक्षाको समस्याको समाधान तर्फ उन्मुख देखियो । यी र यस्ता काण्डले स्वंय्म कलाकारमात्रै होइन कि नेपाली सिनेमा क्षेत्र नै बद्नाम भइरहेको छ । त्यसको प्रत्यक्ष असर समाजमा परेको छ । यो काण्ड जति लम्बीदै जान्छ, यसले सिंगो क्षेत्रमात्रै होनइ, ओज र सम्मान बोकेर बसेका अग्रज कलाकारहरुलाई समेत आफु कलाकार हुँ भन्न हिचकिचाउने अवस्था निम्त्यिाएको छ ।