काठमाडौँ – त्रिभुवन आर्मी फुटबल क्लबले ए डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ । आफ्नो अन्तिम खेलमा आज मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान हासिल गरेको हो ।
यस बराबरीसँगै आर्मीले १३ खेलमा २३ अंक जोड्यो भने लिगको उपविजेता बन्यो । सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङले बराबरीको सामना गर्नु परेको थियो ।
मनाङका लागि ४५ औं मिनेटमा अञ्जन विष्टको गोलमा गरेको थियो । दोस्रो हाफको ७६ औं मिनेटमा फ्रायन्कलिन कुएटाले गरेको आत्मघाती गोल नै आर्मीलाई दोस्रो स्थानमा रहन पर्याप्त रह्यो ।
बराबरी खेलेको मनाङकले भने २१ अंकमा सीमित रहेर पाँचौं स्थानमा चित्त बुझाएको छ । आर्मीलाई हराएको भए मनाङ दोस्रो स्थानमा उक्लने निश्चित थियो ।
लिगको उपाधि भने मछिन्द्र फुटबल क्लबले लिग सकिन दुई खेल अघि नै जितिसकेको थियो ।
प्रतिक्रिया