समाचार

सुर्खेतको बुलबुले गेटमा भेटिएको बम सेनाले निष्क्रिय पार्‍यो


काठमाडौँ — सुर्खेतमा आज बिहानै प्रेसर कुकर बम फेला पेरेको छ । वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले उद्यानको गेटमा बम फेला परेको हो ।

बिहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

‘नो एमसीसी’ लेखिएको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको प्रहरीले जनाएको छ ।