समाचार

राष्ट्रिय झण्डा ओढाएर पर्यटनमन्त्री आलेले दिए गायक लामालाई श्रद्धाञ्जली


काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले वरिष्ठ लोक गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मन्त्री आलेले बिहीवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखिएको लामाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका हुन् । ​यस्तै‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने पनि नाचघर पुगेर लामाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बुधवार निधन भएका लामाको आज स्वयम्भुमा बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको हो ।