समाचार

सामसुङको ग्यालेक्सी एस२२ सिरिज नेपाली बजारमा


काठमाडौँ — सबैभन्दा बढी विश्वसनीय स्मार्टफोन ब्राण्ड सामसुङले ग्यालेक्सी एस२२ सिरिज नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी एस२२ अल्ट्रा, ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ मोबाइलहरु बजारमा ल्याइएको सामसुङले जनाएको छ ।

ग्यालेक्सी एस२२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेको छ । आकर्षक एवं दीगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसर युक्त अद्भूत क्यामेराहरु रहेको कम्पनीले जनाएको छ ।

‘ग्यालेक्सी एस२२ सिरिजलाई प्रस्तुत गरेर हामीले नियमहरुको पुनर्लेखन गर्न र एउटा स्मार्टफोनले कतिसम्म गर्न सक्छ भन्ने प्रष्ट्याउन चाहिरहेका छौं,’ सामसुङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले भने, ‘पहिलो पटक, ग्यालेक्सी एस २२ अल्ट्राले ग्यालेक्सी नोट र एस सिरिजको उत्कृष्टतालाई सँगसँगै ल्याएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिन भन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध छ, जसलाई हालसम्मकै सर्वाधिक शाक्तिशाली अल्ट्रा उपकरण बनाइएको छ ।’ ग्यालेक्सी एस२२ सिरिजक कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेर गर्ने योग्यताहरुका साथ डिजाइन गरिएको उनले बताए ।

प्रि अडर अवधि २३ फेब्रुअरीदेखि सुरु भएर र ९ मार्चसम्म जारी रहने कम्पनीले जनाएको छ ।

यस्ता छन् विशेषताहरुः

ग्यालेक्सी एस२२ अल्ट्रा स् सामसुङको हालसम्मकै सर्वाधिक शक्तिशाली फोन

कम्पनीका अनुसार ग्यालेक्सी एस२२ अल्ट्राभित्र रहेको एस पेन हामीले निर्माण गरेको मध्ये अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभ एस पेन हो । ७० प्रतिशत कम बिलम्बताका साथ एस २२ अल्ट्राको फराकिलो स्क्रिनमा बढी स्वभाविक रुपमा लेख्न, चित्र कोर्न र एपहरु नयाँ तरिकाहरुबाट चलाउन सक्नेछ । एस पेनका साथ एस २२ अल्ट्राले नोटको विरासतलाई निरन्तरता दिएर सिर्जनात्मक हुने र कार्यहरु गर्ने नयाँ शैलीहरु प्रदान गरेको छ । अद्वितीय क्यामेरा लेन्सहरु र धातुको चिल्लो फ्रेम जसले ऐनाको स्वरुप प्रदान गर्ने, त्यस्तो विशेषता भएको ग्यालेक्सी एस २२ अल्ट्राले अत्याधुनिक डिजाइनको उत्कृष्टता दर्शाउने, आकर्षक सिसा र मिहिन फिनिसिङले एस२२ अल्ट्राको पुनःकल्पित रेखीय, प्रवाहित आकारमा एक सुन्दर स्पर्श थपेको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस २२ सिरिज : मनमोहक फोटो र भिडियो खिच्ने क्षमता

कम्पनीका अनुसार ग्यालेक्सी एस२२ अल्ट्राले कुनै पनि उज्यालो अंध्यारो अवस्थामा तत्काल पोस्ट गर्न मिल्ने फुटेजहरु खिच्न सघाउने छ । ग्यालेक्सी एस२२ अल्ट्रा सामसुङको हालसम्मकै सर्वाधिक ठूलो पिक्सल सेन्सर २।४ यूएम पिक्सल सेन्सरका साथ निर्माण भएको छ । जसले गर्दा अत्यन्त राम्रा फोटोहरु तथा भिडियोहरु खिच्न सक्नेछ । एस२२ अल्ट्राको सर्वश्रेष्ठ स्पष्ट सिसा लेन्सले कुनै चमकविना नै रातमा पनि स्पष्ट भिडियोहरु खिच्न मद्दत गर्नेछ ।

यसमा भएको भिडियो अटो फ्रेमिङ्गको सहायताले तपाईंको क्यामराले सधैं त्यहीलाई मात्र खिच्नेछ, जसलाई तपाईं खिच्न चाहनु हुन्छ, चाहे एकजना होस् या दश जना । ग्यालेक्सी एस २२ अल्ट्रा १०० गुणा स्पेस जुम र शक्तिशाली डुअल टेलि लेन्सयुक्त क्वाडु«पल लेन्स क्यामेराका साथ उपलब्ध छ, जसले यसलाई सामसुङकै सबैभन्दा शक्तिशाली क्यामरा बनाइदिएको छ ।

ग्यालेक्सी एस२२ अल्ट्रा, एस २२प्लस र एस २२ मा भएको नाइटोग्राफी विशेषताले दिनमा या रातमा जुनैबेला रेकर्डिङ गर्दा पनि अगाडि पछाडि रहेका दुवै तर्फका क्यामेराहरुले स्पष्ट भिडियोहरु लिन मिल्ने नयाँ सुविधाहरु प्रदान गरेको कम्पनीको भनाइ छ ।

ग्यालेक्सी एस २२ प्लस र एस २२मा मा एस २१ प्लस र एस २१ भन्दा २३ प्रतिशत ठूलो सेन्सर रहेको र अडाप्टिभ पिक्सल प्रविधि, जसले क्यामेरालाई धेरै प्रकाश दिने, सविस्तार चित्रण गर्ने र र‌गहरु स्पष्ट खिच्ने जसले तपाईंको कन्टेन्टलाई अँध्यारोमै पनि स्पष्ट पारिदिने कम्पनीले जनाएको छ । । ग्यालेक्सी एस २२ प्लस र एस २२ दुवैमा ५० मेगा पिक्सलको मुख्य क्यामेरा जडित रहेको र ३० गुणा स्पेस जूम भएको १० मेगा पिक्सलको टेलिफोटो लेक्स र १२ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्स पनि रहेको छ । जसले गर्दा एउटा बटन थिच्दै सधैं उच्च गुणस्तरको फोटोहरु लिन सकिन्छ । तीन वटै उपकरणहरु उन्नत भीडीआईएस प्रविधिका साथ उपलब्ध छन् । जसले कम्पन कम गराउने भएकोले हल्लिराखेको अवस्थामा पनि प्रष्ट फुटेज लिन सक्नेछ ।

ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२प्लस र एस २२ सबैमा पोट्रेट मोड र अटो फ्रेमिङ विशेषताहरु विद्यमान रहेका छन् । जसको सहायताले सबै फोटोहरु वा भिडियोहरु प्रोफेसनल लाग्नेछन् । यी सबै स्मार्टफोन– ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ मोबाइलहरु डीएसएलआर जस्तो अनुभव दिलाउन एक्सपर्ट एपका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

१६ बिटसम्मको रअ फर्म्याटमा फोटोहरु राख्न सक्ने क्षमता भएकोले तस्वीरहरु सम्पादन गर्दा ज्यादा नियन्त्रण राख्न सकिने कम्पनीले जनाएको छ । एउटा डिएसएलआर क्यामरा सरह आईएसओ सेटिङ र शटर गतिका साथ फोटो खिच्न सकिने र खिचिएको फोटोलाई आवश्यकता अनुसारको क्वालिटीमा सन्तुलन मिलाउन सकिने छ ।

ग्यालेक्सी एस २२ सिरिजः बेलगाम पावर र पर्फरमेन्स

ग्यालेक्सी एस २२ सिरिज नेपालमा पछिल्लो ४ एनएम स्न्यापड्रागन ८ जेन १ मोबाइल प्लेटफर्मका साथ उपलब्ध रहेको छ । जसले सामसुङको सबैभन्दा उन्नत एआई र एमएल प्रोसेसिङलाई शक्ति दिन्छ । यसमा वाइफाइ ६ ई पनि छ, जुन वाइफाइ ६ को तुलनामा २ गुणा बढी छिटो चल्छ, गेमिङ, स्ट्रिमिङ वा काम गरिरहँदा, सबै अत्यधिक प्रयोग भएका एपहरुमा अद्भूत पर्फमेन्सको आनन्द लिन सकिन्छ । ग्यालेक्सी एस२२ अल्ट्राको शक्तिशाली ब्याट्रीमा चल्ने पावर एक पटकको चार्जबाटै दिनभरी भन्दा बढी चल्ने क्षमता राख्दछन् । एस २२ले ४५ वाटको सर्वश्रेष्ठ छिटो चार्जलाई सर्पोट गर्छ, ता की १० मिनेटको चार्ज गरेर ५० मिनेटभन्दा बढीको भिडियो छायाँकन गर्न सकिन्छ ।

ग्यालेक्सी एस२२ अल्ट्रा इमर्सिभ ६.८ इन्च, डाइनामिक एमोलेड २एक्स डिस्प्लेका साथ उपलब्ध छ, जसले हरेक चिजलाई आश्चर्यजनक रुपमा विस्तारपूर्वक जीवन्त बनाउन १७५० निट्सको उच्चतम उज्यालोपन उत्सर्जन गर्दछ । ग्यालेक्सी एस २२ र एस २२ प्लस डाइनामिक एमोलेड २ एक्स डिस्प्लेका साथ उपलब्ध छ, जुन गेमिङ र हेर्नका लागि डिजाइन गरिएको छ । ग्यालेक्सी एस २२ मा प्रिमियम ६.१ इन्च डिस्प्ले छ भनें ग्यालेक्सी एस २२ प्लसमा स्पोर्टस् ६.६ इन्चको डिस्प्ले जडान गरिएको छ । ग्यालेक्सी एस २२ ले १३०० निट्सको उच्चतम उज्यालोपना प्रदान गर्छ भने ग्यालेक्सी एस २२ प्लसमा उच्चतम १७५० निट्सको रहेको छ ।

ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ सबैमा भिजन बुस्टर प्रविधि जडान गरिएको छ जसले स्क्रिनको उज्यालोपनालाई दिनभरी मिलाउँछ र चहकिलो घामको प्रकाशमा समेत दृश्यलाई उत्कृष्ट रुपमा हेर्न सम्भव बनाउँछ ।