समाचार

रुसी सेनाको ५ विमान खसालेको युक्रेनको दाबी


काठमाडौँ — युक्रेनले रुसी सेनाको ५ विमान खसालेको दाबी गरेको छ । युक्रेनको सेनाका शीर्ष अधिकारीले पाँच विमानसहित एक हेलिकोप्टर पनि खसालेको दाबी गरेका हुन् ।

बिहीबार रुसले आक्रमण गरेसँगै प्रतिरक्षा गर्ने क्रममा उक्त विमान खसालिएको युक्रेनले बताएको छ । यद्यपि रुसले भने यो दाबीको खण्डन गरेको छ। रुसको सरकारी समाचार एजेन्सी तासले युक्रेनको दाबी गलत रहेको बताएको हो ।

बिहीबार रुसले युक्रेनमाथि पूर्ण क्षमतासहित आक्रमण सुरु गरेको हो। युक्रेनले आफू रुसी आक्रमणको सामना गर्न सक्षम रहेको र यो युद्ध पनि आफूहरुले जित्ने दाबी गरेको छ ।