समाचार

अभिनेता पल शाह फरार


काठमाडौँ — एउटी नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी पर्नासाथ अभिनेता पल शाह फरार भएका छन् ।

जाहेरी दर्ता भएलगत्तै प्रहरीले पक्राउ गर्न खोजे पनि मोबाइल अफ गरेर उनी फरार भएको प्रहरीले जनाएको छ । हिजो बुधबार दिउँसोसम्म भने उनी औपचारिक कार्यक्रममा सहभागी भएका थिए ।

स्रोतका अनुसार रिलिजको तयारीमा रहेको फ्लिम म यस्तो गीत गाउँछु – २ को प्रोमोसनमा उनी सहभागी भएका थिए । तर बुधबार अपराह्न जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएलगत्तै उनी मोबइल बन्द गरेर गायब भएका हुन् । उनलाई पक्राउ गर्न तनहुँ प्रहरीले हुलियासहित देशभर सर्कुलर गरेको छ ।