राजनीति

देउवाले यसरी चल्दैछन् एमसीसीमाथि कदम, ओली अंगाल्ने–प्रचण्ड पछार्ने


काठमाडौँ – लामो समयसम्म एमसीसीले डो¥याइरहेको राजनीति अब धुव्रीकरणतर्फ उन्मुख बनेको छ । एमसीसीका मुद्धामा सत्ता गठबन्धनभित्रको कित्ताकाट र प्रतिपक्षको बाग्रेनिङले नेपालको राजनीति अनिश्चयमा फसेको छ ।

एमसीसीका लागि प्रचण्ड र ओलीलाई सम्झाउने, बुझाउने अनुरोध गर्नेमात्रै होइन कि साथ लिएर वा साथ छोडेर भएपनि पास गरिहाल्ने मनस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् ।

त्यसकै लागि उनी ओली फकाउने र प्रचण्ड तर्साउने काम गरिरहेका छन् । विगत एकसातादेखि अबको एकसातासम्म नेपाली राजनीतिले यसैगरि समय विताउने छ । मुलतः सहमति भए गठबन्धनकै बलमा नभए प्रमुख प्रतिपक्षलाई साथमा लिएर भए पनि देउवाले एमसीसी अनुमोदनको बाटो खोज्ने छन् ।

यसका लागि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षसँग समानान्तर संवादको नीति अख्तियार गरेका छन् । र सबै दल र नेताहरुले अबको एकसाता‘कित्ता क्लिएर’ गर्नमा खर्चिनुपर्नेछ ।

सत्तागठबन्धनभित्र देउवाको पक्षमा जसपाको बाबुराम भट्टराई पक्षमात्रै उभिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा विपक्षमा छ भने जसपाको उपेन्द्र यादव पक्ष ठोस रुपले बोलेको छैन । गठबन्धनका दलबीच विरोधाभाष र कित्ताकाट भइरहँदा यसअघि एमसीसी टेबल भएमात्रै बोल्ने बताउँदै आएको प्रमुख प्रतिपक्ष‘माछा देखेँ दुलोभित्र हात, सर्प देखेँ बाहिर हात’को नीतिमा छ ।

किनकि एमसीसी ठिक बेठिकभन्दा पनि यहीँ निहुँमा सरकार ढाल्ने योजना प्रतिपक्षको छ । प्रधानमन्त्री देउवासँग वार्ता गर्न मंगलबार जम्बो टीमसहित बालुवाटार पुगेका ओलीले गठबन्धन भत्काए सहयोग गर्न तयार रहेको बताएका थिए । प्रचण्ड–माधवलाई सरकारबाट हटाए आफु हरेक मुद्धामा सघाउन तयार रहेको तर सरकारमा नजाने ओलीको मत थियो ।

तर प्रदेश सरकार फेरबदल गर्ने योजनामा ओली छन् । किनकि देउवा नेतृत्वको सरकारलाई परमादेशी भन्दै आएका ओलीलाई अहिले उनकै सरकारमा जान नैतिक संकट छ । यद्यपी देउवा खुलेर आए एमसीसीमा ओलीमा समर्थन निश्चित छ ।

आफैंले सदनमा दर्ता गरेको एमसीसीलाई गठबन्धन टुटाउने र चुनावी स्वार्थमा उपयोग गर्न खोजिरहेका ओलीले मिलेर गए स्थानीय चुनावलाई पछि सार्दै तत्काल संसद् भंग गर्ने र संसदीय निर्वाचन गर्ने प्रस्ताव देउवासँग गरेका छन् ।

आफ्ना मुद्धा सम्बोधन नभए संसद्का कुनै प्रक्रियामा आफ्नो साथ नरहने अड्कोसमेत थापेपछि देउवासमेत सहमतिमा आउन बाध्य बन्दैछन् । तर कहिले प्रचण्ड कार्ड त, कहिले ओली कार्ड चलाइरहेका देउवा आफैँ चिप्लिने डरमा छन् ।

अहिले नै ओलीका सबै शर्तमा राजी भएर गठबन्धन टुटाउन तयार भए फेरि ओली–प्रचण्ड मिल्न सक्छन् भन्ने भयले त्रसित पारेको छ । किनकि देउवा कम्युनिष्टहरुबीच अझै फाटो आएर चिरिएको हेर्न चाहन्छन् । यता राष्ट्रपति ओली अनुकुल भएका बेला आफ्नै सरकार संकटमा परेर ओलीले चलखेल गर्ने सशंयले समेत देउवाले आट्न सकिरहेका छैनन् । तथापी अमेरिकाको पुरापुर ढाडस पाइरहेका उनी जस्तो सुकै अवस्था आएपनि यहीँ छिटै मुद्धाको छिनोफिनो गर्न चाहन्छन् ।

आफु अनुकुल राजनीतिलाई केन्द्रीत गर्न माहिर प्रचण्ड, ओली र देउवाबीच जसले, जुनसुकै बेला, जुनसुकै विषयमा एकले अर्काेलाई गुमराहमा पारेर कदम चाल्न सक्ने देखिन्छ । तर अहिलेको राजनीतिक अवस्थाको बाध्यता यी नेता नै एक ठाउँमा उभिए मात्रै निकास आउने खालको छ ।

यहीँनिर एकले अर्काको महत्वलाई बुझेका नेताहरुस्वार्थसिद्धि नभएसम्मअडानबाट बिचलित हुने मनसायमा छैनन् । फलतः लामो समयदेखि एमसीसीले डो¥याएको राजनीतिक अब धुव्रीकरणतर्फ उन्मुख बनेको छ ।