राजनीति

एमसीसीले विपक्षीहरु एक हुने सम्भावना कति ? के हुन्छ एमालेलाई बेफाईदा


काठमाडौँ – एमसीसी सम्झौता संसद्मा टेवल भएसँगै आगामी प्रक्रिया र हुनसक्ने धुव्रीकरणका विषयमा विभिन्न कोणबाट विश्लेषण सुरु भएको छ । सम्झौता अनुमोदन भए अर्ली ईलेक्सन हुने तथा घोषित स्थानीय तहको निर्वाचन समेत प्रभावित हुने विश्लेषणकाबीच शिर्षस्थ नेताहरुले नै यसको संकेत गर्न थालेका छन । अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा सत्ता गठबन्धनमा बढ्दो विमतीबीच प्रधानमन्त्री शेरबहादुर देउवा भने एमाले अध्यक्ष केपी शर्मा ओली फकाउन लागि परेका छन ।

सत्ता घटकहरुबाट एमसीसी पार लगाउन नसकिने देखिएपछि अमेरिकी शक्ति समेत देउवा–ओली मिलाउन केन्द्रित देखिएको छ । यो राजनीतिक परिदृश्य बुझेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सन्जालमार्फत प्रतिक्रान्ति भन्दै यसको संकेत गरेका छन् ।

बुधबार सामाजिक सन्जालमा उनले फोटा हाल्दै लेखेका छन– विश्व ईतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्टाउन भरमग्दुर कोशिस गर्छन । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिबीच संघर्ष चलिरहेको छ । उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन । तर हामी ती सबै जालो चिरेर सफल हुन्छौ । अर्थात एमसीसीका विषयमा आफूलाई चेपुवामा पार्ने काम यसअघि कै घेराबन्दीका रुपमा वुझेका उनले नयाँ सम्भावनाको समेत वकालत गरेका छन । जुन संकेत पूर्वमाओवादीहरुसंग उनले बढाएको भेटघाटसंग समेत जोडिएको छ । जसले विपक्षमा रहेकाहरुको वीचको धुव्रीकरणको सम्भावनालाई समेत संकेत गरेको छ ।

यद्यपी पूर्वमाओवादी कै एक अंश डा.वावुराम भट्टराईलाई भने यसले नसमेट्ने पक्का छ । त्यस्तै गएको निर्वाचनमा कम्युनिष्ट एकताकै कारण हार व्यहोरेका देउवाले त्यस्तो धुव्रीकरण हुन सक्ने अवस्था सिर्जना गर्ने अवस्था पनि देखिएको छैन । यद्यपी ५० सालमा एमाले फुट्दा कांग्रेसले ल्याएको वहुमतको अभ्यास भने उनले गर्न सक्ने देखिन्छ ।

तत्कालिन एमाले फुटाउन कांग्रेले वामदेवलाई सहयोग गर्ने मात्र नभएर सरकारको हिस्सा नै बनाएको थियो । तर सात महिनामा उनलाई सरकार वाहिर पुर्याउदै एमालेको सहयोगमा चुनावमा गएर पहिलो पार्टी बनेको रणनीतिको पुन प्रयोगमा देउवा छन् । अर्थात् देउवाको प्रयोगमा पर्ने यहि आशंकाका कारण ओली त्यति सजिलै देउवासंग जोडिन डराईरहेका छन ।

उनले एमसीसीमा साथ दिए एमसीसी विरुद्धको क्रान्ति एक बनाउने चलखेल हुने र त्यसमा एमालेभित्रै कै एमसीसी विरोधी कित्ता पनि समेटिने डर पनि छ । प्रचण्डको यहि अडानका कारण उनलाई छोड्नेहरुले लगाउने सम्राज्यवादीको गुलाम भएको आरोप पनि आरोपमै सिमित हुदाँ निर्णायक बन्न पनि नसक्ने तथा अडानबाट पछि पनि नहट्ने साना कम्युनिष्ट पार्टीलाई मिलनविन्दु बन्ने सम्भावनालाई नकार्न नसकिने विश्लेषकहरुको भनाई छ । जसले एमालेलाई कम्युनिष्ट कित्ताबाट समेत अलग समेत बनाउने देखिन्छ

नेताले भिजनको भन्दा डिभिजनको राजनीतिक गरिरहेका वेला राजनीती र समाजनै यसअघिबाटै बहुधुव्रीकरणकै अवस्थामा पुगिसकेको विश्लेषकहरु बताउछन । तर एक ले अर्कालाई धम्काउने राजनीतिक प्रवृत्ती हावी हुदाँ एमसीसी विरोधीहरुबीचको धुव्रीकरणको संकेत पनि देउवा तर्साउने उपाय हुनसक्ने धेरैको वुझाई छ ।

त्यस्तै सभामुख नै हटाएर एमसीसी पास गरे आउने दोहोरो अपजस खेप्नु भन्दा गठबन्धनकै र एमसीसीसंगै ल्याउने मध्यमार्गी बाटो देउवाको वढि प्राथमिकतामा देखिन्छ । यो परिस्थितीमा कुन पल्ला भारी बन्ला त्यो भने एमसीसीले चाल्न सक्ने आगामी कदमले समेत निर्धारण गर्ने देखिन्छ ।