समाचार

लिभिङ टुगेदर बहसमा, बढ्दो सामाजिक अपराध लाई कसरी कम गर्ने ?


काठमाडौँ – नेपालमा लिभिङ टुगेदर संस्कृतिले अझै सामाजिक मान्यता पाएको छैन । तथापी बदलिँदो सामाजिक परिवेशका कारण बढ्दो लिभिङ टुगेदरको अवधारणप्रति चिन्दा र चासो समेत बढ्दै गएको छ । लिभिङ टुगेदर संस्कृतिका कारण बढ्दो सामाजिक अपराधले यसको व्यवस्थापन कसरी गर्ने भन्ने बहस सुरु भएको छ । सामान्यत लिभिङ टुगेदर भन्नाले सामाजिक तथा कानुनी रुपमा विवाह बन्धनमा नबाँधिई जोडिको रुपमा सँगै बस्नु हो ।

विकसित मुलुकहरुमा लिभिङ टुगेदर संस्कृति सामान्य प्रक्रिया भए पनि नेपालमा यो संस्कृति अझै सामाजिक रुपमा स्वीकार हुन सकेको छैन । यद्यपि पछिल्लो समय नेपालमा पनि लिभिङ टुगेदरको प्रभाव बढ्दो छ । युवायुवतीहरु लिभिङ टुगेदरमा बस्ने चलन सुरु भएको छ ।

हुनत नेपालमा केहि समुदायमा अहिले पनि पछि विवाह गर्ने उदेश्य सहित सँगै बस्ने ,सन्तान जन्माउने र पछि समय मिलाएर औपचारिक विवाह गर्ने चलन पनि छ । लिभिङ टुगेदर आफैमा नराम्रो होइन र हाम्रो समाज हिन्दु संस्कृतिको प्रभाव बढी भएकाले यसलाई कानुन त निर्देश गर्दा अझ राम्रो हुने समाजशास्त्रीहरुको बुझाई छ ।

केही समय सँगै बस्ने, शारीरिक सम्बन्ध राख्ने र युवती गर्भवती भएपछि सम्बन्ध तोड्ने, बच्चालाई आफ्नो नाम दिन हच्किचाउने, असुरक्षित गर्भपतन गराउन दबाव दिने, शारीरिक तथा मानसिक यातना दिने, कुटपिट, बलात्कार जस्ता घटना बढ्दो छ । सामाजिक, पारिवारिक र मानिसक हिंसामा बढी महिलाहरु पीडित हुने गरेका छन ।

तर मिल्दासम्म लिभिङ टुगेदरमा बस्ने र सम्बन्धमा फाटो आएपछि हुने घटनाहरु भने साँच्चिकै डर लाग्दो छ । जसको कुनै कानुनी उपचार छैन ।

नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानून बनाउन छलफल सुरु भएको छ । कानुन समाजले स्वीकार गर्ने हुनुपर्छ । नेपालको सन्दर्भमा शहरी क्षेत्रमा सचेत भएकाहरु नै लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ ।

त्यसलै कसैको बाध्यता त कसैको रहरमा समाजमा उच्छृङखलता बढ्ने त होइन डर पनि छ । कानुन निर्माणपछि शहरी क्षेत्रसँगै समाजको तल्लो तहमा यसको अनुसरण हुने हुँदा समाजमा निहित मौलिक परम्परा र सामाजिक मूल्यमान्यतामा ह्रास आउने चिन्ता पनि छ ।

विवाहपूर्व केटा केटी सङै बस्ने कुरालाई व्यस्थित गर्न जरुरी छ । लिभिङ टुगेदरको सम्बन्धमा अधिकार र सजायको स्पस्ट व्यवस्था हुन आवश्यक छ । यद्यपि कानुन निर्माण गर्दै गर्दा नेपाली समाजले स्वीकार गर्ने वा नगर्ने, गरे पनि कानुनी अधिकारी कतिसम्म दिने कस्तासम्म कारवाहि गर्ने विवाह नातासँग जोडिएका कानुनसँग कसरी तालमेल मिलाउन यो भने चुनौती विषय बन्न सक्छ ।