खेलकुद

आईसीसी टि२० आई वरीयतामा कप्तान लामिछाने ४३ औं र भुर्तेलको ३९ औं स्थानमा उक्लियो


काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र युवा ओपनर कुशल भुर्तेलले आइसिसी को टि२० आई विश्व वरियतामा ठूलो छलाङ मारेका छन् । कुशल भुर्तेल ६५ औं स्थानबाट ३९ औं स्थानमा उक्लिएका छन् । दीपेन्द्रसिंह ऐरी ५० औं स्थानमा उक्लिएका छन् ।

यसअघि दीपेन्द्र ५२ औं स्थानमा थिए । टि२० आई वरियता ब्याटिङ तर्फ दीपेन्द्र र कुशल छन् । बलिङ तर्फ कप्तान सन्दीपले पनि ठूलो छलाङ मारेका छन् । सन्दीप ६३ औं स्थानबाट ४३ औं स्थानमा उक्लिएका छन् । सन्दीपले दक्षिण अफ्रिका कागिसो रबाडा र अष्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्स जस्ता विश्वस्तरिय बलरलाई टि२० आई वरियतमा पछि पारेका छन् ।

कमिन्स ४७ औं र रबाडा ४८ औं स्थानमा छन् । अर्का तीव्र गतिका बलर अभिनाश बोहराले पनि ठूलो छलाङ मारेका छन् । अभिनाशले एकै पटक १२ स्थान सुधार गर्दै ८६ औं स्थानमा छन् ।