समाचार

नेष्डो समृद्धि लघुवित्तको आईपीओ आजबाट बिक्री खुला


काठमाडौँ — नेष्डो समृद्धि लघुवित्तले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो ।

जसको ०।५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गर्दै बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।

कम्पनीको आईपीओमा छिटोमा फागुन १५ गतेसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मक लागि आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी इस्यूआर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्नसक्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीको आईपीओमा धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार १० कित्ताका दरले बाँडफाँड गर्दा ७७ हजार ४५६ जनालाई पर्नेछ । यस्तै सोमध्ये ३ जनालाई थप एक कित्ता भाग लाग्नेछ ।