समाचार

लोकगायक जयनन्द लामाको निधन


काठमाडौँ — लोकगायक जयनन्द लामाको निधन भएको छ । लामो समय लोक गीतसंगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका उनको निधन भएको हो ।

सर्जक तथा स्रष्टाहरुले उनको निधनले नेपाली लोकगीत संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । गायनसँगै उनी अभिनयमा पनि सक्रिय थिए । उनले दर्जनौं चलचित्रमा अभिनय गरेका थिए ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।