समाचार

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु


काठमाडौँ — सुनसरीको कोसी–८ भण्टाबारीमा गएराति ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । स्थानीय ६० वर्षीय भरत सहनीको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र २–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका सहनीलाई ठक्कर दिएका थियो ।

गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो। ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई पक्राउ गरिएको कार्कीले जानकारी दिए ।