काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ८ अर्ब १४ करोड रुपैयाँ बजेटको माग गरेको छ ।
२०७९ वैशाख ३० मा हुने निर्वाचन गर्न आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायतासमेत गरी ८ अर्ब १४ करोड खर्च भएको आयोगले जनाएको छ । यस पटक माग गरिएको रकम गत निर्वाचनमा भन्दा करिब ८१ करोडले बढी हो ।
पाँच वर्षमा भएको मुल्यबृद्धि, करिब ३८ लाख मतदाता थप हुनु, कर्मचारीको तलबमा भएको बृद्धिलगायत कारण निर्वाचन खर्च बढ्ने देखिएको आयोगले बताएको छ ।
प्रतिक्रिया