अर्थनीति

मुलुकको ब्यापार घाटा १० खर्ब नाघ्यो


काठमाडौँ– भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामै मुलुकको ब्यापार घाटा १० खर्ब १५ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकअनुसार ब्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.४५ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा यस्तो ब्यापार घाटा ७ खर्ब ३३ अर्ब थियो ।

साउनदेखि माघ मसान्तसम्म कुल ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसै अवधिमा कुल १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँको वस्तु नेपालले अरु मुलुकलाई बिक्री गरेको छ । वस्तु आयात गत वर्षको सोही अवधिको तुलनामा ४२।७८ प्रतिशतले बढी हो भने निर्यात ८८.३ प्रतिशतले बढी हो ।