विदेश

काठमाडौँमा ३६ चिनियाँ नागरिक पक्राउ


काठमाडौँ – काठमाडौँको बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई सोमबार राति नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूले कल बाइपास गरेको आरोप छ ।

प्रहरीका अनुसार पक्राउ गरिएका चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त (नयाँ बानेश्वर) मा राखिएको छ । उनीहरूबाट कल बाइपासमा प्रयोग हुने उपकरणहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत जानकारी प्राप्त हुन बाँकी छ ।