देश

नेपालमा लिभिङ टुगेदर यसरी बन्दैछ समस्याको खाडल, सांसदहरुले दिए कानुनी प्रावधानमा जोड (भिडियोसहित)


काठमाडौँ – पछिल्लो समय नेपालमा लिभिङ टुगेदर चुनौतिको विषय बन्दै गएको छ । यसलाई कानुनी दायरामा ल्याउन मुल नेतृत्वको मानसिकता नै परिवर्तन हुनुपर्नेमा सांसद्हरुले जोड दिएका छन् ।

नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानून बनाउन विज्ञहरुले सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले लिभिङ टुगेदरको समस्या पनि सम्बोधन गर्ने गरी कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले लिभिङ टुगेदरको समस्या पनि सम्बोधन गर्ने गरी कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन् । अधिवक्ता मोहनलाल आचार्यले ऐन बनाउँदा विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धबिच्छेदको आधारमा मात्रै बनाईएको बताए ।

बैठकमा सहभागी सांसदहरुले पनि लिभिङ टुगेदरको समस्या सम्बोधन गर्न स्पष्ट कानून बनाउनु पर्ने धारणा राखेका थिए । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदर नेपालमा पनि प्रचलनको रुपमा अघि बढीसकेको र त्यसले वैवाहिक तथा घरेलु कानूनहरुलाई प्रभावित बनाएको बताए । कस्तो अवस्थामा सँगै बस्न पाउने र कस्तो अवस्थामा सँगैबस्न नपाउने भन्ने बारे स्पष्ट कानून बनाउन जरुरी रहेको बताईन ।

त्यस्तै नेकपा एमालेकी सांसद विन्दा पाण्डेले लिभिङ टुगेदर बारे शीर्ष नेताहरुको मानसिकता नै परिवर्तन हुन नसकेको बताईन । उनले लिभिङ टुगेदरको सन्र्दभमा प्रभावकारी कानून निर्माण गर्नका लागि मुल नेतृत्वको मानसिकता नै परिवर्तन हुनुपर्ने बताईन । सांसद पाण्डेले लिभिङ टुगेदरमा बस्दा पनि ती व्यक्तिको रजिस्टेशन गर्नुपर्ने ढंगले कानूनि व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन ।