देश

पोर्चुगलमा नेपाली दुतावास स्थापनाको माग गर्दै विरोध प्रदर्शन


काठमाडौँ – पोर्चुगलमा नेपाली दुतावास स्थापनाको माग गर्दै नेपाली राजदुतावास अभियानले सांकेतीक विरोध प्रदर्शन गरेको छ ।

सो अभियानले पोर्चुगलको लिस्वन स्थित अलमेदा पार्कमा पानी बाढेर बिरोध प्रर्दशन गरेको हो । जसरी जीवनका लागि पानीले महत्व राख्दछ त्यस्तै महत्व नेपालीहरु भएको देशमा दुतावासको हुने भन्दै पानी बाढेर पर्दशन गरिएको अभियानका अगुवा अभियान्ता गंगा बहादुर नेम्कुलले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली महिला समाज पोर्चुगलको अध्यक्ष माया खरेल, अभियानकर्ता नबिन तिमल्सिना लगायतले आफ्नो धारणा राखेका थिए । पोर्चुगलमा झण्डै ४० हजार हाराहारीमा नेपाली रोजगारीको शिलशिलामा बसोबास गर्दै आएका छन् ।